सुदूरपश्चिम

अछामका बाढी पीडितलाई राहत र उद्धारको व्यवस्था गर्न विप्लव नेकपाको माग

काठमाडौं ४ भदौै । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेति महाकाली व्यरोले अछामका आएको वाढी पीडितलाई तत्काल राहत तथा उद्धार गर्न सरकारसंग माग गरेको छ ।

व्युरोको कार्यालय सचिव प्रशान्तले विज्ञप्ति जारी गर्दै बाढीका कारण बेपत्ताहरुको यथाशीघ्र खोजी गर्न, घाईतेहरुको निशुल्क उपचार गर्न, मृत्यु भएकाहरुका परिवार र धनजन क्षती भएकालाई उचित राहत तथा उद्धार गर्न सरकारको ध्यानाकर्शण गराएका छन् ।

अछाम जिल्लाको रामारोशन गाउँपालिकाको सिरा बाट बग्ने कैलाश खोलामा मंगलबार राति अविरल वर्षाका कारण आएको बाढीले रामारोशन गाउँपालिका ५ सैनी क्षेत्रका १७ बढी व्यक्ति लाई बगाएको थियो जसमध्ये १२ जनाको शव भेटिएको छ भने ५ भन्दा बढी व्यक्तिहरु अझै बेपत्ता छन्

बाढीले गर्दा १५ भन्दा बढी घरहरु बगेका र करोडौं धनमालको क्षति भएको छ । यो दुःखद घडीमा पार्टीको तर्फबाट मृत्युहुनेहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसंतृप्त परिवारजनहरुमा गहिरो संवेदना व्यक्त गरेका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका सम्भावित बस्तिहरु लाई बसाइँका लागी उपयुक्त स्थानहरुमा स्थानान्तरण गर्न पनि राज्य सङ्ग माग गरेका छन् ।

साथै कोरोना महामारीको बढदो संक्रमणलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाएर भौतिक दुरि कायम गर्दै बाढी ग्रस्त क्षेत्रमा उद्दार तथा सक्दो राहत वितरण कार्यमा जुटन पार्टीका संबंधित कमिटीका सम्पुर्ण कार्यकर्तालाई लाई निर्देशन समेत दिएका छन् । आम नागरिकहरु का हरेक दु ख र पीडामा नेकपा सङ्ग सङ्गै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।