४ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक ६५ वर्षे बृद्धको मृत्यु भएको छ ।
क्षयरोग, फोक्सोको समस्या लगायत दीर्घरोगी बृद्ध कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि आईसीयूमा उपचाररत थिए । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा आज मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
यी बृद्धको मृत्यु संगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संङख्या ४ पुगेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमित र संक्रमणका कारण मृत्यु हुनेको संङख्या तिब्र बृद्धि भएको छ । जसका कारण विभिन्न जोखिमयुक्त जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।