लुम्बिनी

कोभिड-१९ को महामारीमा तीज पारिवारिक रुपमै मनाऔँः मुख्यमन्त्री पोखरेल

५ भदौ, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गरेका छन् । हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढ्न आग्रह गर्दै उनले कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज विगतमा झैँ भव्य ढङ्गले मनाउन सकिने बताए।

जनचाहना र जनाकाङ्क्षानुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीजले सार्थक भूमिका खेल्ने अपेक्षा गर्दै उनले विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा जुट्न आग्रह गरेका छन् ।