समाचार

पाँच वर्षिया बालिका सहित चितवनमा १२ जनामा कोरोना पुष्टि

८ भदौ , चितवन । चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबर राति कोभिड १९ प्रयोशालामा गरिएको परिक्षणमा ७ जना महिला र ५ पुरुष सहित १२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित पुष्टि भएका सबै भरतपुर महानगरपालीका वडा नम्बर ७, ९, १०, ११ र १२ का रहेका छन् । भरतपुर अस्पतालको प्रयोशालामा आईतबार २ सय ९ जनाको स्वाब परिक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।