८ भदौ, काठमाडौं । अफ सिजन, निषेधाज्ञा र कृतिम अभाव सिजर्ना लगाएतका कारण उपभोक्ता महंगोमा तरकारी किन्न बाध्य भएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा तरकारीको मुल्य आकासिएको छ । अफ सिजन, निषेधाज्ञाका कारण तरकारी आयातमा समस्या, कृतिम अभाव सिजर्ना गरिएको हुँदा तरकारीको मुल्य महंगीएको हो ।
अहिले काठमाडौं उपत्यका भित्रने तरकारीको आयात निकै कम देखिएको छ । शनिबारको तुलनामा आईतबार काठमाडौं उपत्यकामा निक्ै थोरै तरकारी आयात भयो । कालिमाटि तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धानेपनि आईंतबार १५ हजार २ सय ३४ किलो मात्रै तरकारी भित्रियो, त्यस कारण पनि तरकारीको भाउ बढ्नमा झनै मद्धत मिल्यो भातबाट आयात हुने प्याज, लसुन, आलु हरियो सागमा समस्या भएपछि महंगिएको छ । यस्तै समितिको तथ्यांङक अनुसार सानो गोलभेडाको भाउ महंगीएको छ ।
साउन ५ गते १८ रुपैयाँ प्रतिकिलो होलसेलमा बिग्री भएको गोलभेँडा होलसेलमै ६८ रुपैयाँ पुगेको हो । यस्तै प्रतिकिलो ५४ रुपैयाँ पर्ने रातो आलु ६७, ३८ रुपैयाँ पर्ने बन्दा ४८, र एकमहिना अघि ९५ रुपैयाँ पर्ने काउनि १ सय १५, ५५ रुपैयाँ पर्ने बोडी १ सय ५ र ७७ रुपैयाँ पर्ने घिउसिमि १ सय १५ रुपैयाँ पुगेको छ ।
यस्तै समितिको तथ्याङम हनुसार एकमहिना अघि प्रतिकिलो ८८ पर्ने परबर ९५, २८ रुपैया पर्ने फर्सि ३८, ५८ रुपैयाँ पर्ने भिण्डी ६५, १ सय १५ पर्ने हरियो प्याज १ सय ४५, ४५ रुपौयाँ पर्ने हरियो खुर्साखि महंगिएर ९८, पुगेको छ । यस्तै काठमाडौं उपत्यकामा धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपु लगाएतको तराई जिल्लाहरुबाट भित्रने गर्दछ ।
उक्त जिल्लाहरुबाट आयातित तरकारी कालिमाटि, टुकुचा, बल्खु, कोटेश्वरलगाएतको स्थानमा बिक्रि हुन्छ । यस्तै तरकारीसंगै फफुल पनि महंगिएको छ । सोमबार प्रतिकिलो ९५ रुपैयाँ रहेको स्याउ झोले १ सय ५५, स्याउ फुजि १ सय ४५ बाट बढेर २ सय ९५ रुपैयाँ पुगेको छ । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा महंगोमा फलफुल खान बाध्य छौं हामी । यस्तै केराको दर्जनमा पनि २० रुपैयाँ बढेर ९५ पुगेको छ भने, अनार ३४ प्रतिशतले बढेर १ सय १५, तरबुजा हरियो किलोको १२ प्रतिशतले बढेर ४८, मेवा किलोमा २७ प्रतिशतले बढेर ९५ पुगेको छ ।