८ भदौ, काठमाडौं । आज ८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । सुनसरी १, मोरग १ं, रुपन्देही(३ पुरुष) लगायत ८ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणमा ७४३ जना थपिएका छन् । काठमाडौ उपत्यकामा जम्मा १७७ जना छन् । आजसम्म १८ हजारभन्दा बढी कोरोना निको भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । काठमाडौंमा १४ जना भक्तपुरमा, ३३ जना ललितपुरमा भेटिएका छन् । आजसम्म ३२ हजारभन्दा बढी कोरोना संक्रमितहरु भएका छन् ।