आर्थिक

सिभिल बैंकको वचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर

८ भदौ, काठमाडौ । सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ल्याएको छ । बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात रु १० हजार रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५प्रतिशतको सर्वाधिक ब्याजदर प्रदानगर्दै आईरहेको छ ।
विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्यवित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याजप्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वितहुने कुरा बैैंकले जनाएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदानगर्दै जाने पनि बताएको छ ।