९ भदौ, बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिएका छनु ।
उनले दिएको जानकारीअनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेको हो । उनी यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहने जानकारी प्रवक्ता जाओले दिएका छन् ।