एजेन्सी । इलाहाबाद उच्च अदालतको लखनऊ पीठको अवध बार एसोसिएशनले अदालतमा ‘भर्चुअल’ सुनुवाईको विरोध गर्दै मङ्गलबार हडतालको आह्वान गरेको छ ।
अदालतको ‘भर्चुअल’ सुनुवाइको विरोधमा उत्रिएका वकीलले अदालतमा भौतिकरूपमा उपस्थित भएर नै कुनै पनि मुद्दामाथि सुनुवाइ गर्नुपर्ने माग गर्दै ‘भर्चुअल’ सुनुवाई सम्बन्धी व्यवस्था हटाउन माग गरेका हुन् । महामारीका कारण अदालतमा उपस्थित भई बहस गर्न कठीन परेको भन्दै अदालतले ‘भर्चुअल’ सुनुवाइको व्यवस्था गरेको थियो ।
विरोधमा सहभागी वकीलहरूले भने, “सुनुवाईका लागि इन्टरनेटबाट अनलाइन गरिने बहसमा भिडियोको स्तर कमजोर हुने र संयोजनमा आउने समस्याका कारण ‘भिडियो कन्फरेन्सिङले’ उचित सुनुवाइ हुन नसक्ने हुँदा आगामी दिनमा मुद्दाहरूको सुनुवाइ सर्ने प्रवल सम्भावना रहेको छ ।”
विरोधमा सहभागी कानुन व्यवसायीहरूले कोभिड–१९ का लागि सरकारले निर्देशन गरेको सामाजिक दूरी कायम गर्ने कानुनलाई ‘भर्चुअल’ सुनुवाईका क्रममा पालना पनि नभएको उल्लेख छ ।