११ भदौ, काठमाडौं । बुटवलमा उपचाररत ७० वर्षे कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ । गत साउन २६ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी उनलाई भेन्टलेटरमा राखेर उपचार गरिईरहेको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालीका २ जानकीनगर निवासी बृद्धाको आज बिहान साढे १० बजे मृत्य भएको अस्पतालले पुष्टि गरेको छ ।
लुम्बिनी प्रोदेशीक अस्पतालका अनुसार उनी उच्चरक्तचार, थाईराईडबाट पीडित थिईन । अस्पतालमा बुधबारराति कपिलवस्तुमा ५० वर्षे संक्रमिको मृत्यु भएको थियो ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।