लुम्बिनी

सजगता अभियान प्यूठानको संयोजकमा विद्यार्थी नेता रेग्मी मनोनित

११ भदौ, दाङ । युवा जागरण (सजगता) अभियान प्यूठानको संयोजकमा विद्यार्थी नेता एवं नेविसंघ प्यूठानका पूर्व सहसचिव रुद्रमणी रेग्मी मनोनित भएका छन् ।

अभियानले बिहिबार विभिन्न जिल्लामा आफ्नो संगठन विस्तार गर्ने क्रममा प्यूठान जिल्ला संयोजकको जिम्मेवारी रेग्मीलाई प्रदान गरेको हो।

अभियानले देशभर युवाहरुलाई लक्षित गरी रोजगार मुलक सीपहरु सिकाउने, प्रशिक्षित गर्ने, युवाहरुको नेतृत्व एवं व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

संयोजकको जिम्मेवारी पाए संगै रेग्मीले छिट्टै जिल्ला समिति विस्तार गरि कोरोना महामारीको अवस्था सहज हुनासाथ दुरदराजका युवाहरुको भावनाको प्रतिनिधित्व गर्ने गरी वैचारिक विकास, नेतृत्व एवं व्यक्तित्व विकासका कार्यक्रमहरु लिएर युवाहरुको माझमा जाने बताएका छन् ।