११ भदौ, दाङ । युवा जागरण (सजगता) अभियान रोल्पा जिल्ला संयोजक केशब बिस्ट मनोनित भएका छन् ।
अभियानले बिहिबार विभिन्न जिल्लामा आफ्नो संगठन विस्तार गर्ने क्रममा रोल्पा जिल्ला संयोजकको जिम्मेवारी बिस्टलाई प्रदान गरेको हो।
अभियानले देशभर युवाहरुलाई लक्षित गरी रोजगार मुलक सीपहरु सिकाउने, प्रशिक्षित गर्ने, युवाहरुको नेतृत्व एवं व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
संयोजकको जिम्मेवारी पाए संगै बिस्टले छिट्टै जिल्ला समिति विस्तार गरि कोरोना महामारीको अवस्था सहज हुनासाथ दुरदराजका युवाहरुको भावनाको प्रतिनिधित्व गर्ने गरी वैचारिक विकास, नेतृत्व एवं व्यक्तित्व विकासका कार्यक्रमहरु लिएर युवाहरुको माझमा जाने बताएका छन् ।