११ भदौ, काठमाडौँ । कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दु भएर आज साँझ ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयवासी लक्ष्मी पाण्डेले जानकारी दिए । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।