१३ भदौ, चितवन । मिर्गौला पीडित एक महिलाको कोरोना संक्रमणका कारण चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत ४९ वषकि महिलाको आज बिहान मृत्यु भएको पुष्टि भएको हो ।
मिर्गाैला पिडीत रहेकी उनलाई गत साउन २७ गते डाएलाईसिसका लागि अस्पताल भर्ना गरिएको थियो । पटक–पटक डाएलाइसिस गराउँदै आएकी उनलाई सोहि क्रममा स्बाब गरिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनि हेटौंडा उपमहानगरपालीका ५ निवासी हुन् । यो संगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुेको संख्या ९ पुगेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेको छ । शुक्रबारमात्रै नेपालका विभिन्न जिल्लामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको थियो ।