१३ भदौ, रुकुम । नेपाली काङ्ग्रेसका युवा नेता तथा गत स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट गाउपालिका प्रमुखका उम्मेदवार जनक कुमार बाठाको पहल र सकृयतामा बडगाउ खोलाले पुल बगाउदा समस्यामा रहेका बाफिकोट गाउपालिका ४ र ७र८र९ र १० वडा जोडने झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ ।
पुल नहुदा आवतजावतमा स्थानियवासिहरुलाई निकै समस्या भएपछि आफुले गाउपालिका र सरोकारवाला सबै निकाय संग धेरै अनुरोध गरेपनी कुनै चासो र निर्माणका लागि काम नभएपछि आफुले अग्रसरतामा काठ बाट निर्मित उक्त पुल बनाउने अगुवाइ गरेको बताए । जनताको समस्या दुख र अभावमा सरकारले प्राथमिकता दिनुपर्नेमा कुरै नसौनेको पनि उनले बताए ।
बाठाले यश अगाडी पनि वडा न ५ खोली बडगाउमा कृषकहरुलाई पाईप वितरण गरेका थिए भने वडा न ४ को कालाखोलाले अबरुद्ध सडक आफ्नै लगानीमा खुलाएका थिए । एथ्लेटिक्सका अन्तरास्ट्रिय खेलाडी समेत रहेका उनले गाउपालिका प्राय वडाहरुमा खेलकुद सामग्री प्रदान गर्नुका साथै विभिन्न सामाजिक गतिविधिहरु समेत सन्चालन गर्दै आएका छन ।
बाख्रा फर्म र कृषि फर्म सन्चालन गर्दै राजनिती र समाजसेवामा जोडिएका बाठा नेपाली काङ्ग्रेसको नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य समेत हुन ।