बाग्मती

बिद्यार्थीको भबिश्य अन्योल बनाउँदै परीक्षाको विकल्प नदिए नेविसंघले उपकुलपतिलाई कालोमोसो दल्ने !

१६ भदौ, काठमाडौं । नेपाल बिद्यार्थी संघ त्रिभुवन बिश्वबिद्यालय ईकाई उपसभापति विकास भण्डारीले तत्काल बिद्याथीलाई परीक्षाको बिकल्प दिन माग गरेका छन् । उनले कोरोना महामारीका कारण त्रिबिले हजारौं बिद्यार्थीको भविश्य अन्योलमा पारेको भन्दै तत्काल महामारीलाइ मध्यनजर गर्दै बैकल्पिक परीक्षा गर्न आग्र गरेका हुन् ।
उपाध्यक्ष भण्डारीले अनलाईन शिक्षाले २५ प्रतिशत भन्दा बढी बिद्यार्थीलाई समेट्न नसक्ने भन्दै तत्काल बिद्यार्थीको आन्तरिक मुल्याँकनबाट परीक्षामा उत्तिर्ण गर्ने ब्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
ईकाई सचिव योगेन्द्र रावललाई छलफलकै क्रममा त्रिभुवन बिश्वबिद्यालयले मुद्धा हालेर गलत गरेको भन्दैं बिद्यार्थीको भविश्यमाथी खेलबाड भए उपकुलपति धर्मकान्त बाँष्कोटालाई कालोमोसो दल्ने चेतावनी दिएका छन् । उनले नेविसंघले त्रिभुवन बिश्वबिद्यालयका सबै बिद्यार्थीको हितका लागि जिउज्यान दिन तयार रहने दाबी गरेका छन् ।