१६ भदौ, काठमाडौं । काठमाडौं मेडिकल कलेजको अध्यक्षमा डा सुनिल शर्मा नियुक्त भएका छन्। नोबेल मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगरका प्रबन्ध निर्देशकसमेत रहेका डा शर्मा सोमबारको काठमाडौं मेडिकल कलेजको बैठकबाट अध्यक्षमा सर्बसम्मत् निर्बाचित भएका हुन् ।
मोरगं क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसको तर्फबाट गत संघीय निर्बाचनमा लडेका डा शर्माले समाजसेवामा धेरै कार्यहरु गरेका छन् । स्वास्थ्य क्षेत्रका विज्ञका रुपमा परिचित डा शर्मा कलेजका निबर्तमान अध्यक्ष आर आर पाण्डेले उक्त पद हस्तान्तरण गरेका छन् । काठमाडौं उपत्यका लगायत देशभरबाट सेवा लिन आउने प्रतिष्ठीत शिक्षण अस्पताल काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटमा संचालित छ । डा शर्माको प्रवेशसँगै अस्पतालले काँँचुली फेर्ने सम्भावना रहेको संचालक तथा कर्मचारीहरुको छ । कोरोना महामारीको बिषम परिस्थितिको व्यवस्थापनलगायतमा कलेजकी प्रिन्सिपल डा चन्दा कार्कीको भूमिकासमेत प्रशंसनीय रहेको चर्चा चल्नेगरेको छ । डा कार्की कोरोना संक्रमणको समयमा पनि अस्पतालमा आएर व्यवस्थापनका लागि सफलतापूर्वक सकृय भएको भन्दै प्रशंसा भएको हो ।