१७ भदौ, काठमाडौं । आजपनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमवीदले बताएका छन् । यस्तै गण्डकी र प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/ चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी , प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थौरै स्थानहरूमा र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा गण्डकी, प्रदेश ५ का थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।