समाचार

आयल निगमका कर्मचारीले जिते कोरोना

१७ भदौ, कठमाडौं । आयल निगमका ६ जना कर्मचारीले कोरोना जितेका छन् । नेपाल आयल निगम अम्लेखगंज प्रदेश दुई डिपोमा कार्यरत ६ जना कर्मचारीमा कोरोना निको भएको छ । गत भदौ ६ गते उक्त कार्यालयका सम्पुर्ण कर्मचारीमा गरिएको स्वाब परिक्षणमा ६ जनामा कोरोना देखिएको थियो ।

कर्मचारीलाई कोरोना पुष्टि भएपश्चात होटल आईसोलेशनमा राखिएको थियो । उनिहरुको भदौ १३ गते गरिएको पुनः परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको आयल निगम लिमिटेड प्रदेश दुई कार्यालयले जानकारी गराएको छ ।

साथै निगमले पछिल्लो समय कोरोना रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई नेपाल सरकार, तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्थापित मापदण्ड डिसिसिएमसिद्वारा जारी गरिएका स्वास्थ्य सुरक्षा प्रोटोकलहरु अनुसार थप १४ दिन आईसोलेशनमा राखि आवस्यकता अनुसार पुनः जाँच गरीमात्रै डिपोको कममा खटाउने जनाएको छ ।