१७ भदौ, काठमाडौं । आज काठमाडौंमा ३५० जना। ललितपुरमा २९ र भक्तपुरमा ९ जना गरी काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण देखिएको छ । एक हजार एक सय २० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा जम्मा कोरोना भाईरसका संक्रमित ४१ हजार ६४९ जना पुगेका छन् । आज कोरोना भाईरस संक्रमणका कारण १२ जनाको ज्यान गएको छ । मृतक संख्या हालसम्म २५१ पुग्यो । संक्रमण र मृतक संख्या दिनानुदिन बढिरहेको अवस्थामा आज रातीबाट सकिने निशेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।