१७ भदौ, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निशेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय गरेको छ । यसअघि दुईपटक थपिएको निशेधाज्ञा अब २४ भदौ राती १२ बजेसम्म रहने छ । आज १२ बजेबाट सकिएके निशेधाज्ञा गृहमन्त्रालयसँगको समन्वयमा एक साताका लागि थप गरिएको हो । मंगलबाट बसेको सिडिओहरुको भर्चुअल बैठकले गृहमन्त्रालयसँग समन्वय गरेर अगाडी बढ्ने बताएको थियो । निर्णय सार्बजनिक नभएको भएपनि समाचारहरुमा निशेधाज्ञा थपेको समाचार भाईरल भईसकेको छ ।