लुम्बिनी

बुधबार अस्पताल आएकी महिलाको बिहिबार कोरोना संक्रमणका कारण मृत्यु

१८ भदौ, रुपन्देही । आईसोलेशनमा उपचाररत एक कोरोना संक्रमित महिलाको रुपन्देहीमा मृत्यु भएको छ । रुपन्देहीको बुटवस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आईसोलेसनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको पुष्टि भएको हो ।

बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई अक्सिजन दिई उपचार गरिएको र श्वास लिन नसकेपछि मृत्यु भएको डा.थापाले जानकारी दिएका छन् ।

उनलाई कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएकामा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा.सुदर्शन थापाले बताएका छन् ।