बाग्मती

भरतपुर अस्पतालमा आइसोलेशन कक्ष

१८ भदौ, चितवन । कोरोना सङ्क्रमणका बिरामीको उपचार गर्ने हब अस्पताल भरतपुर अस्पतालमा सङ्क्रमित राख्नका लागि सय श्ययाको आइसोलेशन बनाइएको छ ।अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले आइसोलेशनमा सय श्यया थप गरेको बताए ।

अहिले अस्पतालमा १० श्ययाको कोभिड सघन उपचार कक्ष सहित ७५ श्ययाको आइसोलेशन सञ्चालनमा रहेको छ । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेशनको श्यया थप गरिएको उनले जानकारी दिए । उनले भने, “भेन्टिलेटरसहित थप गरेर कोभिड सघन उपचार कक्ष १६ श्ययाको बनाइने छ ।” पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि श्यया नपाउने समस्या बढेपछि अस्पतालमा श्यया थप गरी १७५ पु¥याइएको हो ।