बाग्मती

भरतपुरको दुई प्रयोशालामा गरिएको परिक्षणमा ७४ जनामा देखियो कोरोना

१९ भदौ, चितवन । पछिल्लो समय नेपालम कोरोना संक्रममितको संख्या तिब्र गतिमा फैलिएको देखिएको छ । यसैक्रममा भरतपुरको दुईवटा प्रयोगशलामा गरिएको परिक्षणमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा १ वर्षदेखी ७४ वर्षका रहेका छन् । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ९ सय पुगेको छ । कोरोना संक्रमित हुनेहरुमा सबैभन्दा धेरै भरतपुर महानगरपालीकामा ५६ जना रहेका छन् भने राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगरपालिका ३ र कालिका नगरपालिकाका दुई जना रहेका छन् ।

भरतपुरको कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामामा बिहिबार गरिएको परिक्षणको रिपोर्ट अस्पतालले आज सार्वजनिक गर्र्दै उक्र कुराको जानकारी गराएको हो । परिक्षणमा भरतपुर कोभिड प्रयोगशालामा १७ र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा ७६ जनामा कोरोना पुष्टि भएको थियो ।

चितवन जिल्ला प्रशासन कर्यालयले जारी गरेको निषेधाज्ञा समाप्त हुन लाग्दा यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । निषेधाज्ञा आजरातिदेखी सकिँदै छ ।