लुम्बिनी

बुटवलमा कोरोना संक्रमणका कारण थप दुई जनाको ज्यान गयो

१९ भदौ, बुटवल । आज बिहानै कोरोना संक्रमणका कारण बुटवलमा थप दुई जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण ६४ वर्षकी महिला र ४५ वर्षका पुरुषको मृत्यु भएको पुष्टि भएको हो ।

यस्तै ६४ वर्षीया कोरोना संक्रमित महिलाको बुटवल उपमहानगरपालिका १० रामनगरस्थित गौतम बुद्ध सामुदयिक मुटु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उच्च रक्तचाप, निमोनियाँ, सुगर, मिर्गाैला पीडित महिलामा कोरोना आसंकामा पछि परिक्षण गर्दा भदौ १६ कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएछि भदौ ४ गते नै अस्पताल भर्ना भएकी उनको आज बिहान मृत्यु भएको हो ।

यस्तै अर्काे एक पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण सिद्धार्थ नगर ८ का ४५ वर्षे पुरुषको आज बिहान मृत्यु भएको हो । कोरोना संक्रमण सँगै मिर्गौलाका बिरामी उनको शुक्रबार बिहान घरमै मृत्यु जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिएका छन् ।

भरतपुर अस्पताल उपचारगरी भैरहवा गएका उनको बिहान मर्गाैला डायलाईसिस गर्न लैजाने तायारी गरिरहँदा मृत्यु भएको थियो ।

यस्तै बुटवलमा आज बिहानै मात्रै अर्का एक ७८ वर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको थियो । बुटवलमा आजमात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।