१९ भदौ, काठमाडौं । आज १४ जनाको कोरोनाका कारण निधन भएको छ । मृतकमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । आजसम्म निधन हुनेको संख्या नेपालमा २७१ पुगेको छ ।
काठमाडौं ३८६ जना ललितपुर ३२ भक्तपुरमा ३६ जना कोरोना संक्रमित भएका छन् । उपत्यकामा जम्मा ४५४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । नेपालभर १३५९ जना संक्रमित भेटिएका छन् । ४४ हजार २३६ जना देशभर संक्रमित भएका छन् ।





