१९ भदौ, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजकि असिस्टेण्ट प्रोफेसर जोस्ना शर्माको टिमले कोरोना संक्रमित महिलाकोकोखबाट स्वस्थ्य बच्चा जन्माएका छन् । शल्यकृया गरिए बच्चा पैदा भएकी असनकी २७ बर्षीया महिलामा हिजो सुत्केरी गराउन ल्याउँदा गरीएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटेभि देखिएको थियो ।
स्वास्थ्य सुरक्षाका सब्ै मापदण्ड गरेर गरिएको शल्यकृयापछि छोरा जन्मिएपछि उनमा कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालको दाबी छ । ४१ हप्ताकी गभएवति रहेकी महिला १८ गते कोरोना पोजेटिभ एको थियो । बच्चाको सफल जन्मदिएकी महिला १५ दिनदेखी घरबाहिर नगएपनि उनमा कोरोना संक्रमण देखिएपछि उनी आश्चार्यमा परेकी थिईन् । कोरोना देखिएपछि आत्तिएका श्रीमानलगायतका परिवार र आफन्तलाई अस्पतालका डाक्टरले सम्झाएपछि उनीहरुको मनोवल उच्च भएको प्रत्यक्षदशीको भनाई छ ।





