१९ भदौ, तनहुँ । तनहुँ जिल्ला राजनिती रूपले केन्द्रीय नेताहरू जन्माउने जिल्लामा चिनिन्छ। २०४६ सालपछि नेपाली कांग्रेसको केन्द्रीय राजनितीमा हालका वरिष्ठ नेता रामचन्द्र पौडेल, गोविन्दराज जोशी,उदाउन नसकेका अमरराज कैनी र पछिल्लो क्रममा दोस्रो संविधानसभाबाट क्षेत्र न।१ बाट निर्वाचित भएर वनमन्त्री भैसकेका शंकर भण्डारी छन्।
प्रजातन्त्र आएपछि एकछत्र केन्द्रीय राजनितीमा राज गरेका पौडेल र जोशीले तनहुँको मुहार नै फेरिदिएका थिए। गाउँ गाउमा विकासका मुख्य पूर्वाधार सडक,खानेपानी,विद्युत,विद्यालय स्थापना र रोजगारी दिलाउन उनिहरूको योगदान अमूल्य छ। पौडेल र जोशीले तनहुँ जलविद्युत आयोजना, शिक्षा तालिम केन्द्र,भानुमा सशस्त्र प्रहरी बल तथा जोशी शिक्षा मन्त्री हुदा ४० वडा विद्यालय स्थायी बनाएका थिए। यस्तै थुप्रै योजनाहरू ल्याएका थिए।गाउगाउमा बाटोहरू त्यतिबेला नै खुलेको थियो। यत्तिको तनहुँ बनाउनका लागि उनिहरूको योगदान महत्त्वपूर्ण छ।
पछिल्लो क्रममा पार्टीको १२ र १३ महाधिवेशनबाट केन्द्रीय सदस्य जितेका भण्डारी क्षेत्र न.१ बाट विजयी भएर वनमन्त्री समेत भए। निर्वाचित भएपछि अहोरात्र जनताको घरदैलोमा पुगि जनताको सुखदुःख रहेका थिए। प्रत्येक गाउँमा पुगेर जनताको समस्या बुझ्दै हिडेर आफ्नो पहुँच पुगेसम्म समस्या समाधान गर्ने गर्थे।
९ महिना वनमन्त्री हुदा समेत वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई ५ लाखलाई दोब्बर बनाए १० लाख पुर्याएका थिए। त्यस्तै घाइतेले पाउने उपचार खर्चमा १ लाख बाट २ लाख पुर्याएका थिए। आफ्नो गृह जिल्लामा व्यास नगरपालिकाको ११, १२ र भानु नगरपालिका वडा न.५ को विभिन्न ठाउँलाई मिलाएर भानुभक्त प्राणी उद्यान ल्याउन सफल भएका थिए। यो परियोजना सम्पन्न गर्ने करिब ६ अर्ब लाग्ने अनुमान गरिएको छ।
उनको सचिवालयको दाबी अनुसार नेपाली काँग्रेसका संविधानसभा सदस्य शंकर भण्डारीले गरेका केहि विकासका योजनाहरू
१) भानुभक्त प्राणी उद्यान (६ अर्ब लाग्ने सम्पन्न गर्ने)
२)जिल्ला समन्वय समितिको सभा हल (करिब २३ करोड लागत निमार्णधिन अवस्थामा छ)
३)विमल नगर गोर्खा जोड्ने मटरवल पुल (१६ करोडको सम्पन्न भइसकेको)
४)सुन्दर बजार मानेचौकामा रहेको सुन्दरबचार जोड्ने मटरवल पुल (करिब २६ करोडको निमार्णधिन)
५)चाम्बास गोर्खा जोड्ने मटरवल पुल (लागत २० करोड राष्ट्रिय कार्यक्रममा परेको)
६) सतीघाट गोर्खा जोड्ने मटरवल पुल (राष्ट्रिय कार्यक्रम परेको)
७)सत्रसय गोर्खा जोड्ने मटरवल पुल (२० करोडको ठेक्का स्वीकृत भएको राष्ट्रिय कार्यक्रममा परेको)
८) सेपा बगौँचा देखि चन्द्रवतीसम्म कालोपत्रे (८ किलोमिटर)
९)चन्द्रवतीको करस्याङ्दी खोलामा मटरवल पुल निमार्ण सम्पन्न
१०)टुहुरे पसलमा मटरवल पुल
११) भानुमार्ग बाँकी खण्डलाई डिपिआर सम्पन्न भएको
१२) कलेस्ती गजौडे टुहुरे पसल अर्चले भञ्ज्याङ हुँदै पाँच सयफाँट १२ करोडको ठेक्का निस्केको बहुवर्षीय योजना कार्यक्रम स्वीकृत भएको
१३) कालिमाटी मानेचौकाको ६ करोडको ठेक्का
१४) आँबुखैरेनीबाट छिम्केश्वरी दक्षिणी भेग जोड्ने बाटो (३२ करोड काम भइरहेको)
१५) दक्षिणी भेग छिम्मेश्वरी, धरमपानी लगाएत ठाउमा विद्युतिकरण
१७)छाब्दी मार्ग बहुवर्षिय ८ करोड काम भइरहेको
१८)पुर्कोट, मिलुर्ङ, गजौडेमा सम्पन्नशाली स्वस्थ्य चौकी भवन
१९) मिर्लुङमा का भइरहेको आँबु र डुम्रेमा १२/१२ करोड खानेपानी योजना सम्पन्न
२०) वृहत् भानु उपत्यका परियोजना करिब ८० करोड को योजना पारेको
२१)आँबुखैरेनी र वन्दिपुर रिङरोड कालोपत्रे
२२)गुम्न लागेको तनहुँ जलविद्युत आयोजना ल्याउन कांग्रेसका सबै नेता मिलेर ल्याएको
२३)वन्दिपुरका लागि विमलनगरबाट लिफ्टमा पानी लग्ने करिब ८० करोड परियोजना स्वीकृत
२४)भानु नगरपालिकाको वडा न.७, ८, ९ र १० को भागमा खानेपानी परियोजना स्थापना
२५) तुरतुरे बजारमा कालोपत्रे र विधुतको लाइनमा कालोतार जडान
यी त केही उदाहरण मात्र हो। शिक्षा, स्वस्थ्य, खानेपानी, बाटो, आमा समुहको भवन,विभिन्न संघसंस्था, रोजगारी क्षेत्रमा धेरै ठाउमा नेता भण्डारीले काम गरेका छन् ।