लुम्बिनी

कोरोना संक्रमणले रुपन्देहीमा एक महिला र एक पुरुष गरी दुईको मृत्यु

२० भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण एक महिला र एक पुरुष गरी रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

ज्वरो र स्वास-प्रस्वासको समस्या रहेका दुबैजनाको भेन्टिलेटरमा उपचार भईरहेको थियो तर कुनै दिर्घरोगी नभएको बताईएको छ । मृतक बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए ।

यो संगै रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । पछिल्लो समय नेपालम कोरोनाको अवस्था भयावह बन्दै गएको छ ।