२० भदौ, लुभु, ललितपुर । नेपाल तरुण दलले हुनेले लिएर जाऔं, नहुनेले दिएर जाऔं भन्ने अभियान ललितपुरमा शुरु गरेको छ । तरुण दल ललितपुर क्षेत्र नम्बर २ को अगुवाईमा भएको उक्त कार्यक्रममा कोरोना महामारीका कारण घरमा खानै समस्या भएकाले भएको लिएर जानसक्नेछन् भने जसले दिन सक्छन् उनीहरुले त्यहाँ आएर दिन सक्छन् ।
ललितपुर क्षेत्र नम्त्रर २ तरुण दलका अध्यक्ष तथा लुभु महालक्ष्मी युवा क्लवका अध्यक्ष नबिन्द्र देव सिंह को नेतृत्वमा उक्त कार्यक्रम संचालनमा रहेको तरुण दलले जनाएको छ । महामारीको समयमा देशभर समाजसेवामा सकृय रहेको नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले अन्य पार्टीका भातृसंस्था घरमा बसिरहेकाबेला रोगको प्रवाह पनि नगरी जनसेवामा लाग्नु सह्रानीय भएको स्थानीय बुद्धिजीवी बताउछन् ।यसका साथसाथै देशभर बिस्तारै तरुण दलका जिल्ला तथा स्थानीय तहका समितिहरुले यस्ता कार्यक्रम गर्ने तरुण दलले अनौपचारिक रुपमा जानकारी दिएको छ ।