अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिद्धारा भारतीय प्रधानमन्त्रीको प्रशंसा

२० भदौ, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गरेका छन् ।

स्थानीय समयानुसार शुक्रबार उनले भनेक छन्, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुन्, उनले धेरै राम्रो काम गरिरहेका छन् । उनी धेरै राम्रो नेता हुन् ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहेका छन्, त्यो धेरै राम्रो भएको दाबी गरे।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गरे ।