२१ भदौ, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नबिन्द्रराज जोशीले महिलाको हरेक क्षेत्रमा महत्व भएपनि चाँडै बिबाह गर्ने, शिक्षामा कम पहुंचका कारण पछि परेको बताएका छन् । उनले महिलाहरुमा संरक्षण, आरक्षण लगायतजस्ता लोकतन्त्रका मुल्य र मान्यतामा रहेर नेतृत्व गरेमा महिलाले धेरै नै प्रगति गर्न सक्ने जिकिर गरेका छन् । नेता जोशीले महिलाहरुको कुन चैं परम्पराको निरन्तरता र कुन चैं पराम्पराको सुधार गर्नुपर्ने भन्नेमा अध्ययन गर्नुपर्ने बताए । उनले माथिल्ले जात र तललो जात दुबै प्रकारका महिलाले समस्या झेल्नुपर्ने अवस्था रहेको भन्दै यसलाई राजनीतिक, आर्थिक, सामाजिक रुपमा छलफल गरेर समस्याको समाधान गर्ने बाटो खोज्नुपर्ने बताए । उनले समग्र विकासका लागि महिला र मधेशी छुटेभने त्यो विकास, विकास हुन नसक्ने बताए ।
गाणेशमान सिंह अध्ययन प्रतिष्ठानको ७१ औं कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्षसमेत रहेका पुर्बमन्त्री जोशीले लोकतान्त्रीक समाजबादले भनेको कोहीपनि भोकै बस्नु नपरोस भन्ने नीति ब्यवहारमा नै लागू गर्नुपर्ने बताए । उनले एउटा व्यक्तीले ५१ प्रतिशत जीवन आफ्नो लागि खर्च गर्छ भन्दै त्यसपछिमात्र लोकतनत्रका लागि, राष्ट्रियताका लागि सोच्ने बताए । उनले महिला र मधेश छुटेमा देशको विकास अपूर्ण हुने सबैले बुझ्नुपर्ने भन्दै समग्र विकासका लागि सबै लाग्नुपर्ने उनले बताए ।





