२२ भदौ, बाँके । कोरोना संक्रमणका कारण बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका ९ का ५९ वर्षीय एक पुरुषको आइतबार राति ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
ती पुरुषको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ १८ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या वढिरहेको छ । पाँच वर्षदेखि मुटु र तीन वर्षदेखि मधुमेहका रोगी रहेका उनको मृत्युको कारण मुटुको रक्तनली बन्द हुने समस्या (टीभीडी) रहेको स्वास्थ्य कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।