२२ भदौ, काठमाडौं। काठमाडौं मेडिकल कलेज सिनामंलले महामारीको समयमा सरकारले कोरोना परीक्षण दर प्रति ब्यक्ती ४४ सय तोकेको बेला २४९९ मा नै परीक्षण गर्ने बताएको छ । कलेजले ओपिडी सेवा निःशुल्क गरेको केहीदिनमा नै कोरोना संक्रमित सुत्केरीको सफलतापुर्वक स्वस्थ्य बच्चा जन्माउन भूमिका खेलेको केहीदिनमा नै कोरोना परीक्षण शुल्कमा निजी अस्पतालको तर्फबाट भारी छुट दिएको छ ।
अस्पतालकी प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीको नेतृत्वको टिमले केहीसमय अगाडी सुत्केरी महिलाको चारजना बच्चासहित सपफर अप्रेशन गरेकी थिईन् भने केहीदिन अगाडीमात्र अस्पतालको अध्यक्षमा डा शुनिल शर्मा निर्बाचित भएपछि अस्पतालले एकपछि अर्को अस्पताल सुधारका कामहरु गरिरहेको छ ।
अस्पतालले अस्पताल सुधारमात्र नभएर जनताको, अस्पतालका कर्मचारीको अनि जनताको मन जित्न थालेको छ । अस्पतालले सरकारले तोकोको भन्दा झण्डै दुई हजार सस्तोमा कोरोना परीक्षण गर्नु सरकारको समेत मन जितेको छ । निजी अस्पतालले जनतालाई लुट्छन् भन्ने परम्पराको अन्तय गर्दै अस्पतालले निजी अस्पतालले पनि जनताका लागि भरपुर सेवा गर्छन् भन्ने प्रमाणित गर्न शुरु गरेको छ । काठमाडौं मेडिकल कलेजका सिनामंगल स्थीत अस्पताल र भक्तपुरको दुवाकोटस्थीत कोरोना अस्पतालमा नै कोरोना परीक्षण हुने अस्पतालको दाबी छ ।