पु.समाचार

काँग्रेस महामन्त्री डा शसाँकलाई कोरोना भाईरस संक्रमणको पुष्टी

२३ भदौ, काठमाडौं । काँग्रेस महामन्त्री डा शसाँक कोईरालालाई कोरोना संक्रमण पुष्टी भएको छ । टोखास्थीत निवासबाट कोईराला निवास महाराजगंजमा बस्न थालेका प्रा.डा. कोईरालालाई हल्का ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनलाई कारोना पोजेटिभ आएको आशंकामा महामन्त्री कोईरालाको स्वाब संकलन गरि ह्याम्स अस्पताल पठाईएको थियो । हिजो कोरोनाको आशंकामा स्वाव संकलनका लागि अस्पताल लगिएको भएपनि केहीबेरअगाडी डा कोईरालामा कोरोना संक्रमण पोजेटिभ देखिएको सहयोगी भरत तिवारीले पुष्टी गरे ।
डा कोईराला कोरोना संक्रमणको समयमा भएको निशेधाज्ञाको समयमा महत्वपूर्ण तेता कार्यकर्ता भेटको लागि महाराजगंजस्थीत निवासमा बस्न थालेका थिए। उनी आफैं पनि स्वास्थ्यकर्मी भएकाले स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । १४ औं महाधिवेशनमा सभापतिका शसक्त उम्मेद्वार रहेका डा कोईरालालाई बिरामी परेपछि स्वास्थ्यलाभको कामना गर्ने हजारौं समर्थकहरुले सामाजिक सञ्जालमा छाईरहेका छन् ।
डा कोईरालालाई कोरोना संक्रमण पुष्टी भएपछि होम आईसोलेसनमा नै बस्ने तिवारीले बताए । साँझ ९९.८ डिग्री रहेको ज्वरो एक्कासी राती १०२ आएपछि कोरोना भाईरसको शंका लागेर पिसिआर परीक्षण गरिएको थियो ।