२४ भदौ, काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले आज १०७ औं ‘विपी जयन्तीको’ अवसरमा प्रजातान्त्रिक आन्दोलनका अग्रणी ब्यक्तित्व महामानव बिश्वेश्वर प्रसाद कोईरालाप्रती हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् ।
कोरोना संक्रमणका कारण होम आईसोलेशनमा बसेका प्रा.डा.कोईरालाले भनेका छन्, ‘राजनेता विपी कोईराला नेपाली साहित्यको फरक बिम्ब र बहुआयामिक व्यत्तित्वका धनि हुनुहुन्थ्यो । नैतिकतालाई राजनीतिमा पहिलो अनिवार्य योग्यताकारूपमा लिनुहुदै नैतिकताले नै राजनीति सफल हुनेमा दृढ उहाँले सदैव आफु भन्दा पार्टी र पार्टी भन्दा देशलाई महत्व दिने संस्कारको विकास गर्नु भएको थियो ।’
डा कोईरालाालले थपेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्र एक अर्कोका परिपुरक हुन । राष्ट्रहित चाहनेहरु एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै प्रजातान्त्रिक समाजवादको माध्यमबाट नेपाल र नेपालीको हित निमित्त गम्भिरताका साथ अघि बढ्नु आजको आवश्यकता हो।’
नेपाली काँग्रेसले आज विपी जयन्तीका अवशरमा देशभर बिभिन्न कार्यक्रम गरि मनाउँदैछ । पार्टीका भातृसंस्था, शुभेच्छुक संस्थालगायत विपी कोईरालासँग सरोकार राख्ने व्यक्ती तथा संस्थाहरुले पनि बिबिध कार्यक्रम गरी मनाउँदैछन् । यसै बिषयमा महामानव विपीका कान्छा छोरासमेत रहेका डा कोईरालाले भावुक हुँदै उक्त आफ्ना बुवामात्र नभएर देशका सम्पती विपीलाई सम्झेका छन् ।