२४ भदौ, काठमाडौं । नेपाली काँग्रेस (विपी) ले पी पी कोइरालाको १०७ औं जन्म जयन्तिको अवसरमा “रक्तदान जीवन दान” भन्ने नारा सहित आज रक्तदान गरेको छ ।
केन्द्रीय पार्टी कार्यालय गोंगबु आवासीय क्षेत्र सामाकुसी काठमाडौंमा रक्तदान आयोजना गरिएको कार्यालय सचिव सुशीलराज वाग्लेले जानकारी दिए ।
कार्यक्रम पार्टीका महामन्त्री तथा पुर्व राज्यमन्त्री सुशीलमान सेरचनले वी पी को फोटोमा माल्यार्पण गरेर रक्तदान कार्यक्रमको सुरु गरेका थिए ।
रक्तदानमा पार्टी महामन्त्री पुष्पराज पराजुली, कार्यालय सचिव वाग्ले, तरुण दल अध्यक्ष प्रधुम्न कार्की तथा नेताकार्यकर्ताहरुले रक्तदान गरेका थिए ।