बाग्मती

उपत्यकामा भोलीबाट निशेधाज्ञा खोल्ने काठमाडौं/ललितपुर/भक्तपुरका सिडिओको निर्णय

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ गतेबाट उपत्यकामा लगाईएको निशेधाज्ञा खोल्ने निर्णय गरेका छन् । जिम हल, शैक्षिक संस्था, सिनेमा हललगायत तत्कालका लागि बन्द रहने निर्णय भएके भएपनि अन्य व्यापार, व्यवशाय शर्तसहित खोल्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले बताए । यातायातमा जोरबिजोर लगायतका मापदण्ड बनाएर खोल्ने सहमती भएको छ । निर्णय सार्बजनिक गर्नभने केहीबेर लाग्ने बताईएको छ ।