पु.समाचार

बिहीबारबाट कुन-कुन क्षेत्रमा खुकुलो कुन-कुनमा कडा(जिल्ला प्रशासन कार्यालयको विज्ञप्तीसहित)

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ गतेबाट उपत्यकामा लगाईएको निशेधाज्ञा खोल्ने निर्णय गरेका छन् । जिम हल, शैक्षिक संस्था, सिनेमा हललगायत तत्कालका लागि बन्द रहने निर्णय भएको भएपनि अन्य व्यापार, व्यवशाय शर्तसहित खोल्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले बताए । यातायातमा जोरबिजोर लगायतका मापदण्ड बनाएर खोल्ने सहमती भएको छ ।
दिउँसै व्यवशाय तथा यातायात खोल्ने निर्णय भएको भएपनि केहीबेर अगाडीमात्र आधिकारिक निर्णय सार्बजनिक भएको हो । १७ गते थप गरिएको निशेधाज्ञा आज बुधबार राती १२ बजे सकिदैछ । २५ गतेदेखी लागू हुनेगरी निर्णय भएको छ ।