२४ भदौ, नयाँ दिल्ली । नयाँ दिल्लीको प्रहरीले यहाँको सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरु पालना गरे नगरेको कडाइका साथ अनुगमन गर्ने भएको छ ।
यसका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिने भएको दिल्ली प्रहरीले बुधबार जानकारी गराएको समाचारमा जनाइएको छ । दिल्लीमा रहेका हरेक प्रहरी युनिटमा कोभिड १९ को महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने र सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गराउने बारेमा एक प्रहरी टिम परिचालन गरिने भएको हो । दिल्लीको प्रहरीले सो कुराको जानकारी दिएको छ । कोभिड १९ को नियन्त्रणका लागि सरकारले लागू गरेका मापदण्डहरु पालना गराउन प्रहरी खटाइने सो प्रहरीले जानकारी गराएको हो । हाल दिल्लीमा मात्र २२ हजार ३७७ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका बताइएको छ ।