समाचार

सुन आज तोलामा ४ सय रुपैयाँले महंगीयोः पुग्यो ९६ हजार ८ सय

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ सामान्य बढेको छ । बुधबारको तुलनामा आज तोलामा सुनको भाउ ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९६ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९६ हजार ३ सय कायम गरिएको छ । हिजो तोलाको ९५ हजार ९ सय रुपैयाँ थियो । यसैगरी चाँदीको भाउ पनि बढेको छ । हिजोको तुलनामा आज तोलामा १० रुपैयाँले चाँदीको भाउ बढेको हो ।

महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय २५ रुपैयाँ कायम गरेको छ । यो साता सुनचाँदीको भाउमा उतारचढाव रहँदै आएको छ ।