२५ भदौ, एजेन्सी । भारतमा एक १ सय ८ वर्षीया बृद्धाले कोरोना भाइरस जितेकी छिन् । भारतको अजामगढी कि ति बृद्धा कोरोना मुक्त भई नमुना उदाहरण प्रस्तुत गरेकी छिन् ।
अगष्ट ३१ मा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना भएकी उनमा स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनि सेप्टेम्बर ९ मा कोरोना संक्रमण निको भएकी हुन् ।
संक्रमण पुष्टि भएको नौं दिनमै निको भएर उनि घर फर्कीएकी छिन् । कोरोनाका कारण दैनिक कयौं व्यक्तिले ज्यान गुमाउँदा यी बृद्धाले आफ्नो उच्च मनोबलका साथ कोरोना संगको लडाई जितेकी छिन् ।