२५ भदौ, काठमाडौं । विश्वभर फैलिएको प्राणघातक भाईरस कोरोनाले भारतमा उग्र रुप लिएको छ । त्यहाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढेर संक्रमितक संख्याको हिसाबमा विश्वमै दोस्रो स्थानमा उक्लिएको छ । अमेरिका पछि कोरोना संक्रमितको संख्या भारतमा छ ।
यस्तै भारतमा गत २४ घण्टामा मात्रै ९५ हजार ७ सय ३५ जना नयाँ संक्रमित पुष्टि भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एकैदिन यतिधेरै संख्यामा संक्रमण पुष्टि भएको हो ।
बुधबार भारतमा ११ लाख २९ हजार ७ सय ५६ जनाको स्वाब परिक्षण गर्दा यतिठुलो संख्यामा कोरोना पुष्टि भएको हो । यो संगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४४ लाख ६५ हजार ८ सय ६३ पुगेको छ ।
यस्तै संक्रमित मध्य आजसम्म ३४ लाख ७१ हजार ७ सय ८३ जना निको हुँदा ७१ हजार ९५ जनाले ज्यान गुमाएका छन् । यस्तै ८ हजार ९ सय ४४ को अवस्था गम्भिर रहेको छ ।