बाग्मती

नेविसंघको चेतावनीः विपी अस्पताल प्रशासनकोे बिरामी/कुरुवामाथीको अभद्र ब्यवहार तत्काल सुधार गर्नुस्

२५ भदौ, चितवन । नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ चितवनले विपी कोईराला मेमोरिय क्यानसर अस्पतालले बिरामी कुरुवासहितलाई कोरोना परीक्षण गर्नुपर्छ भन्दै मानशिक तनाव दिएको बताएको छ । नेविसंघका चितवन जिल्ला अध्यक्ष सुर्य ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीका अनुसार विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले कोरोना बिरामीलाई निःशुल्क परीक्षण गर्नुको सट्टा बिरामीसँग चर्को शुल्क अशुल गरी ब्रम्हलुट गरिरहेको आरोप लगाएको छ ।
नेविसंघले बिरामी र विरामी कुरावालाई अस्पतालले नराम्रो व्यवहार गरेको भन्दै तत्काल व्यवहार सुधार्न आग्रह गरेको छ । नेविसंघले विपी कोईरालाजस्तो महामानवको रुपमा स्थापीत व्यक्तीत्वको नाममा संचालित उक्त अस्पतालले त्यस्तो हर्कत गर्नु राम्रो नहुने भन्दै गल्ति नसच्याए परिणामको क्षतीपुर्ति अस्पतालले नै व्यहोनुपर्ने चेतावनी दिएको छ ।