पु.समाचार

चितवनमा थपिए ३५ जना कोरोना संक्रमित

भदौ २६, चितवन । भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ३५ जनालाई कोरोना पुष्टि भएको छ ।

अस्पतालको कोरोना परिक्षण ल्याबकी प्रमुख डाक्टर नितु अधिकारीका अनुसार भदौ २५ गते १५६ नमुन परिक्षण गरिएकोमा ३५ नमुना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरुमा चिवतन जिल्लाका ३१ जना रहेका छन् । चितवनको भरतपुर महानगरको वडा नम्बर ३, १०, ११, १२ र २६ का ५ महिला र २६ पुरुष रहेका छन् ।

त्यस्तै नवलपुरका २ जना र पर्साका एक जना रहेको भरतपुर अस्पतालले जनाएको छ । यो नतिजा गएराती ११ बजेसम्म गरिएको परिक्षण भएको अस्पतालले जनाएको छ ।