२६ भदौ, काठमाडौं । आज कोरोना संक्रमणका कारण ५ जनाको निधन भएको छ । आज निधन भएकालाई जोड्दा देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३२२ जना पुगेको छ । देशभर १४ हजार ९२५ जना देशभर सकृय संक्रमित छन् । होम आईसोलेसनमा बसेका ६६३४ जना छन् । आज १० हजार ७०१ पसिआर परीक्षण गर्दा १४५४ जनामा २४ घण्टामा कोरोना संक्रमण देखिएको छ । आज ९७२ जना कोरोना संक्रमण मु१m भएका छन् । देशभर निको हुने ३६ हजार बढी छ । ७१ प्रतिशत निको भएको स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमले पुष्टी गरेका छन् । १७० जना देशभर आईसियूमा छन् । २५ जना भेन्टिलेटरमा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





