आर्थिक

कामना सेवाको “KSBBL Social Media Banking Platform”सञ्चालनमा ।

२६ भदौ, काठमाडौं । अब कामना सेवा विकास बैंकका ग्राहकहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, KYC Update गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाट आज यो नवीनतम् प्रविधिमा आधारित “KSBBL Social Media Banking Platform”को शुभारम्भ गरेका हुन् ।
भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहकहरुले बैंकले प्रदान गरेको QR Code Scan गर्नु पर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ ।
Covid-19 को महामारीकोबीच Social Media Banking सेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहकहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकका अध्यक्षले बताए ।