स्वास्थ्य

मापदण्डबिनै बनेका स्यानिटाईजर प्रयोग नगर्न औषधि बिभागको आग्रह, ५ कम्पनी परे कारबाहीमा

२७ भदौ, काठमाडौं । औषधि ब्यवस्था बिभागले बिभिन्न ५ वटा ह्याण्ड स्यानिटाईजरहरु बिभागको मापदण्डमा नबनाईएकाले सर्बसाधारणको स्वास्थ्यमा असर गर्ने भन्दै प्रयोग नगर्न सर्बसाधारणका नाममा सूचना प्रकाशित गरेको छ ।
बिभागले पत्रिकामा सूचना नै निकालेर बिभागले उक्त ह्याण्ड स्यानिटाईजर प्रयोग गरे स्वास्थ्यमा गम्भीर समस्या हुनसक्ने भन्द्यै प्रयोग नगर्न आग्रह गरेको हो । कारबाहीमा परेकाहरु सुर्यमुखी हर्बल प्रोडक्ट्स्को सुर्यमुखी हर्वल प्रोडक्ट्स, सर्च केम कम हर्बल प्रोडक्ट्सको ईन्स्टेन्ट हेन्ड सेनिटाईजर रिफ्रेसिंग जेल, आधार केमिकल एण्ड फुड ईन्डस्ट्रि प्रा.लि को एड्भान्स हेण्डस्यानिटाईजर, हाईजेनी सोप एण्ड केमिकल प्रा. लि को ईन्स्टेन्ट हेण्ड स्यानिटाईजर ओरिजिनल, नेपाल कायाकल्प उद्योगको ईन्स्टेन्ट ह्याण्ड सेनिटाईजर रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको औषधि ब्यवस्था बिभागले भदौ २७ गते दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै उक्त पाँच ह्याण्ड स्यानिटाईजर प्रयोग नगर्न भनेको हो । पछिल्लो समय माक्स, ह्याण्ड स्यानिटाईजर लगायतका कोरोना महामारीबाट बच्न प्रयोग हुने स्वास्थ्य सामाग्रीमा बिचौलियाले सर्बसाधारणको स्वास्थ्यमा खेलबाड गर्दै कालोबजारीहरु गर्दै आएक समाचारहरु आईरहेका छन् । त्यसै अनुरुप बिभागको उक्त कदम सह्रानीय छ । उनीहरुलाई बिभागले नियमानुसार कारबाही गदै आएको छ ।