२७ भदौ, काठमाडौं । आज काठमाडौं उपत्यकामा ४३१ जना कोरोना संक्रमित पुष्टी भएका छन् । काठमाडौंमा ३७७ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा १७ जना संक्रमित भएका छन् ।
१२०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १४ जनाको संक्रमणकै कारण निधन भएको छ। २४ घण्टामा ८५२ जना कोरोना जितेर फर्किएका छन् । कोरोनाका कारण नेपालमा निधन हुनेको संख्या ३३६ पुगेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ ।





