२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंधुपाल्चोकमा पहिरोबाट निधन हुनेहरुप्रति दुःख ब्यक्त गरेका छन् । सभापति देउवाले
भनेका छन्, ‘सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ का तीन स्थान— नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा ७ जनाको मृत्यु र २४ जना वेपत्ता भएको घटना तथा बाग्लुङमा १ जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्दछु ।’
उनले बिज्ञप्तीमा भनेका छन्, ‘प्राकृतिक विपतको यस घडीमा वेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु— खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु ।’
सभापति देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औंल्याएका जोखिमका वस्तिहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउंदै सरकार समक्ष माग गर्दै उद्वार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि काँग्रेस कार्यकर्ताहरुमा अपील गर्दै पहिरोमा जीवन गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।





